काठमाडौं । काठमाडौं महानगरपालिका २२, न्युरोडको जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच व्यावसायिक सम्झौता भएको छ। बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले आईफोनमा ५ प्रतिशत, म्याकबुकमा ५ प्रतिशत र एसेसरिजहरूमा २० प्रतिशत छुट पाउनेछन्। क्रेडिट कार्ड वाहक ग्राहकहरूले इन्स्ट्रापे स्किमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन्।
सो छुट सेवासुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ ।
सम्झौतापत्रमा जोय स्टोरका कार्यकारी निर्देशक गुरुदत्त शर्मा तथा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

