काठमाडौं । गुन्डा नाइकेको नामले चिनिने राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली)लाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई आइतबार पक्राउ गरेको हो ।
उनीबारे बैंकिङ ठगीसम्बन्धी मुद्दा रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वनाथ अधिकारीले जनाए ।

