काठमाडौं, २४ भदौ । नेपाली सेनाले राष्ट्रिय वाणिज्य बैंक लुट्ने प्रयासमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार बानेश्वरस्थित बैंकमा लुटपाटको तयारी गर्दै गरेका पाँच जनालाई मंगलबार नियन्त्रणमा लिइएको हो।
यसअघि मंगलबार राति १० बजेदेखि देशभर सेनाको व्यापक तैनाथी गरिएको छ। राजनीतिक अस्थिरतासँगै आपराधिक र अपराजक गतिविधि बढ्न सक्ने आकलन गर्दै सेनाले कडाइका साथ निगरानी बढाएको जनाएको छ।
सुरक्षा व्यवस्था मजबुत बनाउन सेनाको जंगी अड्डाले दुईवटा हटलाइन नम्बरसमेत सार्वजनिक गरेको छ। आवश्यक परेमा ०१–५९७९२२३ र ०१–५९७९२२४ मा सम्पर्क गर्न सकिने सेनाले जनाएको छ।

