काठमाडौं । मुलुकको पछिल्लो अस्थिर अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाले मंगलबार राति १० बजेदेखि परिचालन गरेको छ। सेनाले विज्ञप्ति जारी गर्दै हिंसा, लुटपाट र आगजनीजस्ता गतिविधि रोक्न बाध्य भएर यस्तो कदम चालिएको स्पष्ट पारेको छ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने, लुटपाट र आगजनी गर्नेलाई कारबाही गर्ने बताएको छ।

