२४ भदौ, काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा जारी हिंसात्मक घटनाप्रति गहिरो दुःख प्रकट गर्दै शान्ति र सुव्यवस्था कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्।
मंगलबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया व्यक्त गर्दै प्रधानमन्त्री मोदीले नेपालमा देखिएको अवस्थाले आफू अत्यन्तै विचलित भएको उल्लेख गरेका छन्। उनले हिंसामा ज्यान गुमाएका प्रतिको श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
मोदीले नेपालसँग भारतको ऐतिहासिक सम्बन्ध रहेको स्मरण गराउँदै शान्तिपूर्ण समाधानमार्फत स्थिरता कायम गर्न सकिने विश्वास व्यक्त गरेका छन्। उनले हिंसात्मक गतिविधिले समस्या झन् जटिल बनाउने भन्दै संयमता र संवादको मार्ग रोज्नुपर्नेमा जोड दिएका छन्।

