काठमाडौं।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवको अवसरमा बैंकमा १५ वर्ष निरन्तर सेवा पुरा गरेका १७५ कर्मचारीलाई सम्मान गरेको छ।
काठमाडौंमा आयोजित विशेष समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा कर्मचारीहरूलाई खादा र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो।
समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरू राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी तथा नायब प्रमुख कार्यकारी अधिकृत (डिसिईओ) सुमन पोखरेलको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर अभिवृद्धिमा विशेष ध्यान दिइएको उल्लेख गर्दै सेवाहरूलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाइने बताए। १९औँ वाणिज्य बैंकको रूपमा स्थापना भएको ग्लोबल आइएमई बैंकले १९ वर्षकै अवधिमा अधिकांश वित्तीय सूचकहरूमा आफूलाई अब्बल सावित गर्न सफल भएको उनको भनाइ थियो।
बैंकको सफलतामा नेतृत्वसँगै सम्पूर्ण कर्मचारीको मिहिनेत, लगनशीलता र सहकार्यको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै अध्यक्ष ढकालले अझ जिम्मेवार र प्रतिबद्ध भएर काम गर्न कर्मचारीहरूलाई आग्रह गरे। साथै, बैंकलाई उत्कृष्ट बनाउन कर्मचारीहरूले पुर्याएको योगदानप्रति उनले धन्यवाद व्यक्त गरे।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले डिजिटल युगको आवश्यकता अनुसार नविनतम् र ग्राहकमैत्री सेवामा केन्द्रित भई अघि बढिरहेको बताए। नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आगामी दिनमा ग्राहक सन्तुष्टि र सेवा गुणस्तरलाई प्राथमिकतामा राख्दै अझ प्रभावकारी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित हुँदै आएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ।
देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आइएमई बैंकका हाल ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालको आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको छ।

