काठमाडौं — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य १४२ रुपैयाँ नाघेको छ। राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा कायम गरिएको छ।
त्यस्तै, युरोपेली मुद्रासमूह युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ। बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा तोकिएको छ।
स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८३ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ।
क्यानाडियन डलर एकको खरिददर १०० रुपैयाँ ९७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०९ रुपैयाँ २ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा रहेको छ।
चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा, साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको बिक्रीदर ३८ रुपैयाँ ९९ पैसा, युएई दिराम एकको बिक्रीदर ३८ रुपैयाँ ६९ पैसा र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तोकिएको छ।
बैंकले आवश्यक परेमा विनिमयदर संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने बैंक–बैंकबीच फरक हुनसक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

