काठमाडौँ, ४ मङ्सिर — नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५ पैसा तोकिएको छ।
युरोपेली युरो एकको खरिददर १६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा, त्यस्तै युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।
स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ४३ पैसा, बिक्रीदर १७७ रुपैयाँ ७१ पैसा; अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा, बिक्रीदर ९२ रुपैयाँ १३ पैसा; क्यानाडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।
सिंगापुर डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा, बिक्रीदर १०८ रुपैयाँ ९१ पैसा; जापानी येन १० को खरिददर ९ रुपैयाँ ६ पैसा, बिक्रीदर ९ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ।
चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८९ पैसा, बिक्रीदर १९ रुपैयाँ ९८ पैसा, साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ ७२ पैसा, बिक्रीदर ३७ रुपैयाँ ८८ पैसा; कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८१ पैसा, बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा तोकिएको छ।
थाइ भाट एकको खरिददर ४ रुपैयाँ ३६ पैसा, बिक्रीदर ४ रुपैयाँ ३८ पैसा; युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा, बिक्रीदर ३८ रुपैयाँ ६७ पैसा कायम गरिएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ८ पैसा, बिक्रीदर ३४ रुपैयाँ २३ पैसा छ।
दक्षिण कोरियाली वन १०० को खरिददर ९ रुपैयाँ ६४ पैसा, बिक्रीदर ९ रुपैयाँ ६८ पैसा; स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९० पैसा, बिक्रीदर १४ रुपैयाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९३ पैसा, बिक्रीदर २२ रुपैयाँ ०२ पैसा तोकिएको छ।
हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १६ पैसा, बिक्रीदर १८ रुपैयाँ २४ पैसा; कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ३३ पैसा, बिक्रीदर ४६२ रुपैयाँ २८ पैसा; बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ १९ पैसा, बिक्रीदर ३७६ रुपैयाँ ७८ पैसा र ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ४० पैसा, बिक्रीदर ३६८ रुपैयाँ ९६ पैसा रहेका छन्।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकले आवश्यक परे विनिमयदर दिनभरमै परिमार्जन गर्न सकिने उल्लेख गरेको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक हुनसक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

