काठमाडौँ, ४ मङ्सिर — देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहनेछ भने केही पहाडी क्षेत्रमा आंशिक बदलीको प्रभाव देखिनेछ।
दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका हिमाली उच्चकाभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
राति पनि कोशी, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। बाँकी भूभाग भने सामान्यतया सफै हुने महाशाखाले जनाएको छ।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। आज बिहान ५:४५ बजे उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो।

