काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७० पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा कायम गरिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३७ पैसा रहेको छ। यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४२ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १९ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८५ पैसा र बिक्रीदर २० रुपैयाँ ९३ पैसा कायम भएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९९ पैसा तोकिएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५ रुपैयाँ ९५ पैसा रहेको छ।
यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५८ पैसा र बिक्रीदर २२ रुपैयाँ ६७ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ तीन पैसा र बिक्रीदर ३८६ रुपैयाँ ६३ पैसा तथा ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ पाँच पैसा र बिक्रीदर ३७८ रुपैयाँ ६१ पैसा निर्धारण गरेको छ।
यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ। भारतीय मुद्राको मूल्य लामो समयदेखि यही कायम हुँदै आएको छ ।
नेपाल राष्ट्र बैंकले आवश्यकतानुसार यो विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमार्फत उपलब्ध हुने जानकारी दिइएको छ।

