वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको प्रयोग, र समग्र आर्थिक विकासमा उल्लेखनीय योगदान दिँदै आएको छ।
वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज कुमार ज्ञवालीले राष्ट्रको आर्थिक समृद्धिमा बैंकको योगदानलाई गर्वका साथ स्मरण गरे। उनले बैंक आगामी दिनमा उत्तरदायी, नवीन र दिगो बैंकिङ अभ्यासमार्फत अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै, ज्ञवालीले ग्राहक, कर्मचारी, नियामक, सरकारी निकाय, शेयरधनी र अन्य सरोकारवालाप्रति आभार प्रकट गरे।
स्थापनाकालदेखि नै कम्प्युटर प्रणालीमा आधारित सेवा प्रवाह सुरु गर्ने पहिलो संयुक्त लगानी बैंकको रूपमा परिचित नबिल बैंक हाल नेपालको पहिलो नम्बरको बैंकको रूपमा स्थापित भएको छ। बैंकले ग्राहक केन्द्रित सेवा तथा उत्पादनमार्फत देशभर आफ्नो पहुँच विस्तार गरेको छ।
विगत चार दशकमा नबिलले डिजिटल बैंकिङ, मोबाइल एप, अनलाइन सेवा, एटिएम, र ई–बैंकिङजस्ता प्रविधिमैत्री सेवा विकास गर्दै बैंकिङलाई सहज र दिगो बनाएको छ। सरकारले ल्याएको मौद्रिक तथा राजस्व नीतिसँग समन्वय गर्दै नबिलले विविध वित्तीय सेवा उपलब्ध गराइरहेको छ।
बैंकले नाफा मात्र होइन, समाज र वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने दिगो बैंकिङ अवधारणालाई समेत प्राथमिकता दिँदै आएको छ। दिगोपन, उत्तरदायित्व र नवीनताको संयोजनमार्फत नबिलले आगामी दिनमा पनि नेपाली वित्तीय क्षेत्रमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

