नेपाल राष्ट्र बैङ्क जनकपुर कार्यालयको आयोजनामा नेपाल उद्योग वाणिज्य महासङ्घ र बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा मंगलबार उनले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैङ्कको पैसा धेरै मानिससम्म पुर्याउनेमा आफ्नो ध्यान रहेको बताउँदै कुनै पनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने बताएका हुन् ।
ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न बहानामा ठगी गर्ने भेटिएमा सो बैङ्कलाई बिना कुनै छुट तुरुन्त कारबाही गर्ने उनले प्रस्ट गरे ।
धनुषाका व्यापारीहरूले विगतमा बैङ्कहरूले धितो राखी ऋण लिएका ऋणीहरूलाई विभिन्न जटिल परिस्थिति उत्पन्न गरी धितो लिलाम गरेको गुनासो गरेपछि गभर्नर पौडेलले यस्तो चेतावनी दिएका हुन् ।
छलफलमा व्यवसायीहरुले ऋण लिन जाँदा साना व्यापारी तथा किसानलाई बैङ्कले वास्ता नगर्ने, विभिन्न बहाना गरि ऋण प्रवाहमा ढिलासुस्ती एवम् व्यवधान खडा गर्ने गुनासो गरेका थिए।
छलफलका क्रममा राष्ट्र बैङ्कका प्रतिनिधिहरुले मधेश प्रदेशमा ऋण लिएर तिर्न नसक्नेको सङ्ख्या अत्याधिक भएको जानकारी दिएका थिए।
धनी र गरिब बीचको आर्थिक खाडल कम गर्ने आफ्नो प्रमुख प्राथमिकता भएको गभर्नर पौडेलको भनाइ छ।
“मौद्रिक नीति वित्त नीतिको मातहतमा हुनुपर्छ । सुपरिवेक्षण क्षमता बढाएर अर्थतन्त्र चलाउनुपर्छ,” उनले भने, “त्यसैले कम नियम र ज्यादा सुपरिवेक्षणमै मेरो जोड छ।”
बैङ्कको पैसा सीमित व्यक्तिमा केन्द्रित नभई साना व्यवसायी र सर्वसाधारणसम्म ऋणका रूपमा पुग्नुपर्ने विचार गभर्नर पौडेलले व्यक्त गरे।

