काठमाडौं । सशस्त्र प्रहरीका गणेशबहादुर ठाडा मगरले एआइजीको दर्ज्यानी चिन्ह लगाएका छन् । बुधबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एआईजीमा हालै बढुवा भएका गणेशबहादुर ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सोमबारको मन्त्रिपरिषद्को बैठकले मगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
महानिरीक्षक अर्यालले मगरलाई बधाईसहित थपिएको जिम्मेवारीलाई उत्तरदायी भई पूर्ण व्यवसायिकता साथ निर्वाह गर्न शुभकामना दिए ।

