काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा काठमाडौँस्थित नेपाल पुलिस क्लबमा साधारणसभा सम्पन्न भएको हो।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ।
त्यसैगरी सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने, साथै पारिश्रमिक, सेवा, शर्त तथा सुविधासम्बन्धी प्रस्ताव पनि पारित गरेको बैंकले जनाएको छ।

