गीत
रचना / सङ्गीत : चीरन पुन
हुदैन भो हुदैन,
रुदै बसेर हुदैन,
हुदैन भो भो हुँदै हुँदैन,
अरुलाइ दोष दिएर हुदैन ।१।
कहाँ भयो गल्ती
कस्ले गर्यो गल्ती – बोल्नुपर्ने भाछ,
तेरो मेरो नभनेर
मन मुटु सबले – खोल्ने बेला भाछ,
हुदैन भो हुदैन,
एउटै केन्द्र नभै हुदैन,
हुदैन भो भो हुँदै हुँदैन,
जनतालाई साथ नलिइ हुदैन ।२।
कहाँ धुलो मैलो छ,
सफा गर्नु पर्ने छ – उठ्नु पर्ने भाछ,
घरै छेउमा पहिरो छ,
कुरा कति गहिरो छ – बुझ्नु पर्ने भाछ,
हुदैन भो हुदैन,
रुदै बसेर हुदैन,
हुदैन भो भो हुँदै हुँदैन,
अरुलाइ दोष दिएर हुदैन ।३।