काठमाडौं । नेपाली कांग्रेसले कैलाली जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार टुंगो लगाएको छ। पार्टी सभापति गगनकुमार थापाले सोमबार पाँचै निर्वाचन क्षेत्रका उम्मेदवारलाई पार्टीको टिकट वितरण गरेका हुन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मात्रै उम्मेदवारी दर्ता हुने कार्यक्रम रहेको छ। त्यसअघि राजनीतिक दलहरूले उम्मेदवार छनोटलाई तीव्रता दिएका हुन्।
कांग्रेस कैलालीका सचिव केशव मिश्रले जिल्ला नेता भीम बडुवाललाई उद्धृत गर्दै पाँचवटै क्षेत्रमा उम्मेदवार तय भएको बताए ।
उनका अनुसार ५ वटा निर्वाचन क्षेत्र भएको जिल्ला कैलालीमा १ बाट जनकराज चौधरी, २ बाट विजय स्वाँर, ३ बाट भीम बडुवाल, ४ बाट वीरबहादुर बलायर र ५ बाट नरनारायण शाह ‘मनु’ उम्मेदवार बनेका छन्।

