काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजबीच सम्झौता भएको छ ।
नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सो सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालका विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० देखि २५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने परामर्श शुल्कमा शतप्रतिशत छुट हुने व्यवस्थासमेत गरिएको छ ।
