काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड (एनएसबीएल) ले आफ्ना ग्राहकलाई विभिन्न होटल तथा स्वास्थ्य संस्थामा छुट उपलब्ध गराउन नयाँ सम्झौता सम्पन्न गरेको छ।
यस अन्तर्गत, बैंकले रमदा एनकोर काठमाडौं र होलिडे इन रिसोर्ट काठमाडौं सँग सम्झौता गरेको छ। सम्झौताअनुसार, बैंकका ग्राहकहरूले रमदा एनकोर काठमाडौंमा खाना, पेय पदार्थ तथा आवास सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन्। त्यस्तै, होलिडे इन रिसोर्ट काठमाडौंमा पनि खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ।
यस्तै, एनएसबीएलले हिमाल डेन्टल हस्पिटल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स सँग गरेको सम्झौताअनुसार, ग्राहकहरूले मुख र दाँत सम्बन्धी उपचारमा २० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ। यी सबै छुट सुविधा एनएसबीएलको डेबिट कार्ड वा मोबाइल बैंकिङ एप (योनो) प्रयोग गर्ने ग्राहकहरूले प्राप्त गर्न सक्नेछन्।
सम्झौतामा एनएसबीएलका उप-प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, रमदा एनकोर काठमाडौंकी बिक्री निर्देशक सीता रायमाझी, होलिडे इन रिसोर्ट काठमाडौंका बिक्री निर्देशक बिख्यात बिक्रम राणा तथा हिमाल डेन्टल हस्पिटलका प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्टाबीच हस्ताक्षर भएको हो। कार्यक्रममा बैंकका प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डा, प्रमुख व्यवसाय विकास अधिकृत प्रवीण मुनि बज्राचार्यसहित होटल र हस्पिटलका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति थियो।
नेपाल एसबीआई बैंकले हालसम्म ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले देशभर १०१ शाखा, २२ विस्तार काउन्टर, ७ प्रादेशिक कार्यालय, २० शाखारहित बैंकिङ, १२५ एटीएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा सञ्चालन गरिरहेको छ।

