काठमाडौं, असोज १६ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्ष बडादसैँका अवसरमा नागरिकलाई टीका नलगाउने भएका छन्।
देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै टीका लगाउने कार्यक्रम नहुने राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिनुभयो।
विगतमा बडादसैँका अवसरमा राष्ट्रपति निवासमा आयोजना हुने विशेष कार्यक्रममा आम नागरिकलाई राष्ट्रपति स्वयंले टीका लगाउने प्रचलन रहेको थियो। तर यस वर्ष उक्त कार्यक्रम स्थगित गरिएको छ।