काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि दर्ता गरिएको उम्मेदवारी खारेज भएको छ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका चौधरीको मनोनयन निर्वाचन अधिकृतको कार्यालयले अमान्य ठहर गर्दै खारेज गरेको हो। उनको उमेद्वारीविरुद्ध बुधबार उजुरी परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन अधिकृतको कार्यालयद्वारा बिहिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार श्री रेशमलाल चौधरीको प्रतिनिधिसभा सदस्य पदका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार दर्ता गरिएको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्था नदेखिएकाले खारेज गरिएको छ।’
नागरिक उनमुक्ति पार्टीका सांरक्षक चौधरीको उम्मेदवारी खारेजीसँगै कैलाली–१ को चुनावी समीकरणमा असर पर्ने देखिएको छ।
पटक पटक झड्का ब्योहोरेका चौधरी निर्वाचनको मुखमा पुन: अर्को झड्का ब्योहोर्न बाध्य भएका हुन् ।

