काठमाडौँ । संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री खड्गप्रसाद ओलीले दुःख व्यक्त गरेका छन् ।
नोबेल पुरस्कारबाट विभूषित कार्टरको निधनप्रति सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेल एवम् प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् । कार्टरले परोपकार, मानव अधिकार र शान्तिका क्षेत्रमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै राष्ट्रपती पौडेल एवम् प्रधानमन्त्री ओलीले कार्टरका परिवार र अमेरिकी नागरिकप्रति समवेदना समेत प्रकट गरेका छन् ।
अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आइतबार जर्जियाको शहर प्लेन्समा आफ्नै घरमा निधन भएको थियो । उनकी श्रीमति रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो
८० को दशकमा आफ्नो कूटनीतिक मिसनहरू सञ्चालन गरेका कार्टरले ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गरेका थिए । पूर्वराष्ट्रपति कार्टरले नेपालमा पहिलो संविधानसभा निर्वाचनको पर्यवेक्षण समेत गरेका थिए ।

