काठमाडौं । घाँस/दाउरा लिन जंगल गएकी मोरङको सुन्दरहरैंचा वडा नम्बर–५ की ६० बर्षीया चन्द्रकला लिम्बूको शब फेला परेको छ । सुन्दरहरैंचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बु सोमबार साँझपख घाँसदाउरा लिन जंगल गएकी थिइन् ।
बेलुका अबेरसम्म पनि घर नफर्किएपछि खोज्न गएका स्थानीयले मंगलबार बिहान चन्द्रकलाको शव फेला पारेका थिए ।
नेपाल प्रहरीका अनुसार उनलाई जंगली हात्तीले आक्रमण गरेर मारेको हुनसक्ने अनुमान छ । यद्यपि प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । पुस ५ गते मात्र पनि सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ की ४० वर्षीया गंगामाया मगर (श्रेष्ठ)को जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

