शेयरधनी प्रा. शत्रुघन श्रेष्ठ
एन.आर.एन. इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लि.को स्थापना वि.सं. २०६९/०७० मा जलविद्युतमा लगानी गर्ने उधेश्यले वि.सं. २०७७, भदौ ९ गते नेपाल धितोपत्र बोर्डबाट इजाजत प्ाप्त गरी नेपाल स्टक एक्सचेन्जमा सूचिकृत हुँदै आइरहेको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टकएक्सचेन्ज मा उच्च मूल्याङ्कनको साथ कारोबार हुँदै आईरहेको छ ।
गैर आवासिय नेपालीहरु (एन.आर.एन) विभिन्न संसारका देशहरुमा बसोबास गर्दै आफ्नो रगत पसिनाको मिहिनेतले कमाएको पैसाले आफ्नो जन्मभूमि(नेपाल) नेपालको अर्थतन्त्रको विकासमा ठूलो सहयोग गर्ने हेतुले विदेशमा कमाएको डलरको खेतीले केहि भएपनि नेपालको अर्थतन्त्रमा मेरुदण्डको विकास भनेको नै जलविद्युत नै हो भन्ने उद्देश्यका साथ “नेपालको पानी जनताको लगानी” भन्ने मूलमन्त्रलाई होस्टेमा हैंसे गर्दै नेपाल सरकारको ढुकुटीमा राजश्व वृद्धि गर्ने कार्यमा सघाउ पुर्याउँदै आईरहेको यस एन.आर.एन.को ठूलो भूमिका रहँदै आइरहेको छ । नेपालको अर्थतन्त्रलाई एशियाली मापदण्डको क्षेत्रभित्र पुर्याउनका लागि आज एन.आर.एन. इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लि. को छाता संगठनले आफ्नो १२ वर्षको दौरानको अवधिमा आफ्नो विभिन्न आरोह अवरोह बाधा व्यावधानलाई छिचोल्दै एन.आर.एन.ले नेपाल सरकारलाई हरदम हरबखत सहयोग (अर्थतन्त्रको विकासमा सहयोग पुर्याउँदै आइरहेको छ । हाल कायम चुक्ता पँुजी रु. १ अर्ब २२ करोड ३२ लाख ११ हजार ७०० को ०.२६३२% प्रतिशतले हुने कर रकम रु. ३२ लाख १८ हजार ९७८ रु. १६ पैसाको नगद लाभास (बोनस शेयरमा लाग्ने प्रयोजनका लागि हाल कायम चुक्तापुँजी रु. ५% प्रतिशत ले हुन आउने रकम रु. ६ करोड ११ लाख ६० हजार ५८५ को बोनस शेयर र ५% प्रतिशत बोनस वितरण पश्चात्को पुग्न जाने (वृद्धा हुन जाने चुक्तापुँजी रु. १ अर्ब २८ करोड ४३ लाख ७२ हजार २८५ पुग्ने छ र चुक्तापुँजी रु. को १ः१ (१००%) प्रतिशत हकप्रद निष्कासन गर्ने योजना कं. ले गरेको छ ।
एन.आर.एन. इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लि.ले हाल ५ वटा जलविद्युत आयोजनाहरु शुरु गरेर यहाँहरुले आज ति ५ वटा जलविद्युतहरु हिमालयन पावर पार्टनर (ज्एएी) प्रबद्र्धन रहेको २७ मे.वा. को दोर्दीखोला जलविद्युत परियोजना २०७९ असोज १४ गते संचालनमा ल्याई आफ्नो ब्यावसायिक विद्युत बिक्री गर्न सपल हुँदै आईरहेको छ ।
त्यस्तै स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. प्रवद्र्धन रहेको २८.१ मे.वा.को तल्लो लिखु जलविद्युत आयोजनाले २०७९ कार्तिक १९ गते र त्यस्तै सानिमा मिडिल तमोर हाइड्रोपावर लि. प्रवद्र्धन रहेको ७३ मे.वा. को मध्ये तमोर जलविद्युत र त्यस्तै माथिल्लो मैलुङ्ग खोला जलविद्युत आयोजना सम्पन्न गरि विद्युत उत्पादन गर्न सफल भई कम्पनीले आ.व. २०८०/०८१ मा ५% प्रतिशत बोनस शेयर र ०.२६३२% प्रतिशत नगद लाभांस (कर प्रयोजनका) लागि बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि दिनु सक्षम हुनु भएकोमा यहाँ सञ्चालकज्यू ऋभ्इ सि.ई.ओ. का साथै कं. मा कार्यरत सम्पूर्ण कर्मचारी वर्ग ज्यूहरुमा धेरै धेरै हार्दिक धन्यवाद दिन चाहन्छु ।
संयुक्त उर्जा लि. प्रवद्र्धन रहेको २१.३ मे.वा. को ठूलो खोला जलविद्युत परियोजनाको ९०% प्रतिशत निर्माण सम्पन्न भई विद्युत निकाल्ने तरखरमा पुगेको छ । हाल यी ५ वटा विद्युत आयोजनामा संस्थापक शेयरधनीहरुको कुल लगानी रु. ६१ करोड ५४ लाख ६ हजार ५०० रुपैयाँ लगानी छ ।
राय, सल्लाह सुझावहरु :
१. समीक्षा अबधिमा देशको समग्र आर्थिक, औद्योगिक व्यवसायिक तथा विकास निर्माणको क्षेत्रमा सुधार हुन सकिएको छैन । त्यसैले ल्च्ल् (एन.आर.एन) ले अझै आफ्नो लगानीको दायरालाई वृद्धि गर्दै जलविद्युत क्षेत्रमा ल्च्ल् (एन.आर.एन.) ले कायम विश्वमा आफ्नो पहिचान सदैव राख्दै जानेछ भन्ने मैले अपेक्षा गरेको छु ।
२. एन.आर.एन. इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लि. आगामी दिनहरुमा जलविद्युतमा मात्रै सिमित नभै पूर्वाधारका क्षेत्रहरु होटल, केबुलकार, सडक, पुल, बेलिब्रिज जस्ता पूर्वाधार विकासमा लगानी गर्दैै जानुपर्दछ भन्ने मैले अपक्षा गरेको छु ।
३. एन.आर.एन. इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लि. विभिन्न बैंक, बीमा कम्पनी, लघुविद्युत तथा अन्य बित्तीय क्षेत्रहरुमा रु. ३० करोड ९६ लाख ४ हजारलगानी गर्न सफल हुनु भएकोमा धन्यवाद दिन चाहन्छु ।
४. नविकरणीय र हरित उर्जाको क्षेत्रमा गरेको लगानीले कार्वन प्रतिस्थापनमा विशेष योगदान गरेझैं आगामी दिनहरुमा क्लिन ईनर्जी (ऋभिबल भ्लभचनथ भ्लखष्चयलmभलत) वातावरण क्षेत्रमा लगानी गरी व्यवसाय प्रवद्र्धन मार्फत देशको वृहत्तर विकासमा ठूलो मद्दत पुर्याउनु हुनेछ भन्ने मैले अपेक्षा गरेको छ ।
५. भविष्यमा एन.आर.एन. इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लि.ले लगानी गर्नु पूर्व लगानीको विविधीकरणको प्रमुख सिद्धान्तको रुपमा अङ्गिकार गरी नवीनतम हरित क्षेत्रहरुको पहिचान गर्दै देशको वृहत्तर विकासमा टेवा पुर्याउनु हुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।
६. शेयर धनीहरुले गरेको लगानीको प्रतिफल (चभतगचलक) सधैं भरी प्राप्त हुने गरी मित्तव्ययीता कार्य सम्पादन गरी कं. लाई सधे भरी सर्वोकृष्ट कं. को रुपमा चिनारी दिनु हुनेछ भन्ने मैले आशा गरेको छु ।
जय एन.आर.एन. इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट कं. लि. जय होस् । धन्यवाद !

