०५ फागुन , दोहा। पत्रकार तथा लेखक अखण्ड भण्डारीको उपन्यास `बोरा´ को कतारमा विमोचन तथा विमर्श गरिएको छ ।गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको साहित्य तथा प्रकाशन विभागको आयोजनामा आइतबार राती एक कार्यक्रमका बीच भण्डारीको उपन्यास `बोरा´को बिमोचन गरिएको हो।
विमोचन कार्यक्रममा बोल्दै लेखक भण्डारीले नेपाली समाजमा पछिल्लो समय वैदेशिक रोजगारीले अभिवाक र सन्तान टाढा भएको तथा सन्तानहरु बुबा आमाको हेरचाह गर्नुपर्ने दायित्वबाट पन्छिएको विकराल समस्याको चित्रण गरेको बताउनुभयो । भण्डारीले वास्तविक घटेको घटनालाई पात्र र परिवेश बदलेर उपन्यासको ढाचा दिइएको बताउनुभयो । उहाँले आफ्नै छोरा बुहारीले बृद्ध आमालाई बोरामा राखेर खोला किनारमा छोडेको वास्तविक घटना बाट उपन्यास प्रेरित रहेको बताउनुभयो । साथै भण्डारीले आफुले देशको विभिन्न ठाउँ परिवेशका घटना समेटेर उपन्यासको रुप दिएको भन्दै उपन्यास पढेर सल्लाह सुझाव दिन आग्रह गर्नुभयो ।

