मध्यपुर थिमी शंखधर चाेकमा संचालित सिध्दार्थ बचत तथा ऋण सहकारी संस्था लि. द्वारा अन्तराष्ट्रिय नारी दिवस र राष्ट्रिय सहकारी दिवसकाे उपलक्ष्यमा शनिबार एक रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे !
सिध्दार्थ साकाेस महिला उपसमितिकाे संयाेजनमा भएकाे ९ओें खुल्ला रक्तदान कार्यक्रममा २३ पुरुष र १६ महिलासहित ३९ जना रक्तदाताकाे सहभागिता रह्यो । कार्यक्रममा संस्थाका अध्यक्ष राजेश श्रेष्ठ र संचालक ईन्द्रकृष्ण श्रेष्ठलगायत पदाधिकारीहरुले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयाे।
कार्यक्रम सफलताको लागि भक्तपुर रेडक्रसकाे प्राविधिक सहयाेग रहेकाे थियाे । सहयाेगी सबैमा साकाेस परिवारले धन्यवाद प्रकट गरेकाे कुरा वरिष्ठ संचारकर्मी प्रवीणराज जाेशीले जानकारी दिए ।

