काठमाडौँ । ॐ समाज डेन्टल अस्पतालको आयोजनामा वृहत नि:शुल्क स्वास्थ्य शिविर भएको छ ।
अस्पतालको वनस्थली शाखाले प्रत्येक महिनाको अन्तिम शनिबार स्वास्थ्य शिविर गर्दै आएको छ । यस पटक ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्वास्थ्य शिविर गरिएको हो । लाइन्स क्लव अफ काठमाण्डू इन्द्र अन्नपूर्ण योगा ,विभिन्न क्लबको साथै मन्जुश्री असहाय संरक्षण केन्द्र काठमाडौँ शाखासहितको आयोजनामा स्वास्थ्य शिविर गरिएको हो ।
तारकेश्वर क्लब सहआयोजक रहेको निशुल्क शिविरमा ईशान स्त्री तथा बाल अस्पतालले स्त्री रोग र बालबालिकाको स्वास्थ्य जाँच , ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालद्वारा रक्तदान कार्यक्रम, कीतिपुर आँखा अस्पतालले आँखा जाँचको साथै औषधि वितरण र चस्मा गरेका छन् ।
शिविरमा ॐ समाज डेन्टल अस्पतालले नि शुल्क दाँत सफा, दाँत निकाल्नुको साथै मुख स्वास्थ्य हेरविचार सम्बन्धी जानकारी दिएको अस्पतालको वनस्थली शाखा प्रमुख सविना पपन गुरुङले बताउनुभयो ।

