सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ।
यसदिन चाँदीको मुल्य भने यथावत रहेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ३२ हजार २ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ५० रुपैयाँ ५० पैसा कायम भएको छ ।

