काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोलामा रु ७ हजार ५ सयले घटेको छ। मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा गिरावट भएको हो।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अनुसार छापावाल सुन मङ्गलबार प्रतितोला रु एक लाख ९७ हजार नौ सयमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि रु एक लाख ९० हजार चार सय निर्धारण भएको छ।
यसैगरी, चाँदीको मूल्य तोलामा रु ५ ले घटेको छ। मङ्गलबार प्रतितोला रु एक हजार नौ सय ७०मा खरिदबिक्री भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ६५ निर्धारण भएको छ।

