काठमाडौं, असार १ ।
सरकारले सुनचाँदी तथा रत्न आभूषण व्यवसायमा लगाएको अतिरिक्त कर विरुद्ध जारी आन्दोलन अन्तर्गत बागमती प्रदेशभित्रको सम्पूर्ण सुनचाँदी कारोबार अनिश्चितकालका लागि बन्द गरिएको छ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, बागमती प्रदेशले शान्तिपूर्ण आन्दोलनमा ऐक्यवद्धता जनाउँदै साथ दिने सम्पूर्ण जिल्ला तथा स्थानीय संघ, सदस्य व्यवसायी, उपभोक्ता, कालिगढ, कर्मचारीहरूप्रति हार्दिक आभार तथा सम्मान प्रकट गरेको छ।
महासंघले जारी विज्ञप्तिमा भनेको छ, “आम व्यवसायी तथा उपभोक्ताको पीडालाई आत्मसाथ गर्दै आन्दोलनमा सहभागी भई ऐक्यवद्धता प्रदर्शन गर्नु भएका सबैप्रति हामी कृतज्ञ छौं।”
महासंघको भनाइमा, सरकारले व्यवसायीमाथि आर्थिक भार थप्ने, आम उपभोक्ताको पहुँचभन्दा बाहिर सुनचाँदी पुर्याउने निर्णयलाई खारेज नगरेसम्म आन्दोलनलाई झन सशक्त रूपमा अघि बढाइनेछ।

