काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय भएको बताएका छन्।
तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तार मार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवद्र्धन’ विषयक साइड इभेन्टमा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताए ।
उनले भने, ‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ-सम्पर्क सञ्जाल खोल्नु उनीहरुको कर्तव्य हो। यो अनुग्रह होइन। अवरोधलाई नवप्रवर्तनमा बदलौं, यसलाई साझा समृद्धिको इन्जिन बनाऔं भन्ने आह्वान हो।’
प्रधानमन्त्री ओलीले बाधा, व्यवधानहरूलाई छिचोलेर नवप्रवर्तनको बाटोमा लाग्न आवश्यक पहलका लागि आव्हान गरे ।

