सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
मंगलबार सुनको मूल्य बढ्दा सोमबार भने छापावाल सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको थियो । यस आधारमा तिजको दिन आज सुनको मूल्य १ हजार ५०० रुपैयाँ बढेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार ५ रुपैयाँ बढेर २ हजार ३६० रुपैयाँ कायम भएको हो ।

