काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन्। सरकारमा थपिने चार जना मन्त्रीको नाम टुंगो लागिसकेको छ र उनीहरूको आजै शपथग्रहणको तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नयाँ मन्त्रीहरूमा सुधा गौतम (स्वास्थ्य तथा जनसंख्या), गणपति लाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, खगेन्द्र सुनार श्रम तथा रोजगार, बब्लु गुप्ता युवा तथा खेलकुद रहेका छन्।
प्रधानमन्त्री कार्कीले चारै जनाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको बताइएको छ।
राष्ट्रपति कार्यालयले भने शपथग्रहणको समय छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

