काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा विराटनगर किङ्सले आज कीर्तिपुर मौदानमा ब्रेक लगाईदिएको छ। १४८ रनको लक्ष्य पछ्याउँदै विराटनगरले ११.५ ओभरमै चार विकेटको क्षतिमा आवश्यक रन पुर्याउँदै सहज जीत दर्ता गर्यो।
विराटनगरका लागि ओपनरद्वयले नै खेलको रंग बदलिदिए ।
फाफ डु फ्लेसिसले ५० रन र साम हेजलेटले विराटनगरका लागि ५१ रन बनाए ।
मार्टिन गुप्टिल २२ रनमा आउट भए भने बसिर अहमद ८ रनमा पavilion फर्किए। अन्त्यमा प्रतिश जिसी १३ तथा लोकेश बम ३ रनमा अविजित रहे।
सुदूरपश्चिमका बलरमध्ये अविनास बोहराले २ विकेट लिए। हर्मित सिंह र सन्दीप सामीले एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ६ विकेट गुमाएर १४७ रन बनाएको थियो।
आरिफ शेख ४५ रनसहित अविजित रहे; इसान पाण्डे ३८, क्रिश ब्रोन २४, कप्तान डीएस ऐरी १९ र बिनोद भण्डारी १५ रनमा रोकिए।
विराटनगरका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। प्रतिश जिसीले २ र बसिर अहमदले १ विकेट थपे।

