काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ता नियुक्त गरेको छ। शुक्रबार बसेको प्रलोपा अध्यक्ष परिषद्को बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो।
पार्टीले ओजस्वी भट्टराईलाई सह–प्रवक्ता को जिम्मेवारीसमेत प्रदान गरेको प्रलोपाले जनाएको छ।

