दोश्रो बजरमा शेयर खरिद बिक्री गर्नु हुने नयाँ नयाँ लगानीकर्ताहरुको online systeam शेयर खरिद बिक्री गर्ने तरीका सम्बन्धि सूचना मूलक सन्देश
लेखक ः शत्रुघन श्रेष्ठ
नेप्से अनलाईन ट्रेडिङ सिस्टम नट्स सम्बन्धि जिज्ञासा र जवाफ ः
नेपाल स्टक एक्सचेन्ज (नेप्से) लि.ले सञ्चालनमा ल्याएको अनलाईन टे्रडिङ सिस्टम प्रयोग सम्बन्धमा सर्वसाधारणले व्यक्त गरेका जिज्ञासालाई सम्बोधन गर्न यो जानकारीमूलक सामाग्री तयार गरी बुँदागत रुपमा लेखिएको छु ः-
१) अनलाईन प्रयोग गर्न युजरनेम र पासवट कहाँ लिने ?
नेप्सेको सदस्यता प्राप्त धितोपत्र दलालहरु र उपत्यका बाहिरका तिनीहरुको शाखाबाट नट्स
प्रयोग गर्नका लागि युजरनेम र पासवर्ड प्राप्त गर्न सकिन्छ । धितोपत्र दलालहरुको नाम, ठेगाना र फोन नम्बर नेप्सेको वेवसाईट www nepalstock.com तथा www.nepalstock.com.np मा उपलब्ध छ ।
२) युजरनेम र पासवर्ड निःशुल्क हो ?
हो ।
३) टे्रड मेनेजमेन्ट सिस्टम टिएमएस (TMS) भनेको के हो ?
लगानीकर्तालाई ब्रोकर तथा नेप्सेको प्रणाली जोड्ने माध्यम टिएमएस हो । टिएमएस (TMS) बाट लगानीकर्ताले खरिद तथा बिक्री ओदश प्रबिष्ट गराउन सक्छन् । सदस्य दलालले यो माध्यमबाट लगानीकर्ताको मोबाईल तथा ल्यापटपमा उपलब्ध गराउँछन् ।
४) टिएमएसमा प्रयोगकर्ताको भूमिका के हुन्छ ?
नेप्से अनलाईन टे्रडिङ सिस्टम प्रणाली भएको हुँदा ब्रोकरमै admine user ले आफ्नो internal user तथा client हरुलाई आवश्यकता अनुसार role प्रदान गर्न सक्नेछ । यसबाट कुन user लाई कस्तो प्रकारको Menu/function भन्ने व्यवस्था गर्न सकिन्छ ।
५) टिएमएस मार्फत ब्रोकर तथा प्रयोगकर्ताले के के गर्न सक्छन् ?
ब्रोकर तथा online client ले Buy/sell order राखी कारोबार गर्न सक्छन् । Order को हरेक अवस्थाको जानकारी order book मा गई प्राप्त गर्न सकिन्छ । जस्तै ः- order match भएको छैन भने Open Match,भएकेा छैन भने open,status,order पूणर्रुपमा म्याच भएमा complicated , आदेश cancel भएमा cancel, आंशिक म्याच भएका partially tradeभनी दिन सकिन्छ । त्यसैगरी order rejecti cancel भएकाे अवस्थामा यसको कारण समेत हेर्न सकिन्छ । अनलाईन लगानीकर्ता तथा ब्रोकरका लागि Trade Management systeam मा आफ्नो पुरानो अर्डर तथा कारोबार हेर्ने सुविधा छ ।
६) हितग्राहि खाता (Demat Account) र कारोबार खातालाई किन आबद्ध गर्नु पर्छ ?
लगानीकर्ताको एउटा हितग्राहि खातालाई सदस्य दलालसँग खोलिएको एउटा कारोबार खातासँग आबद्ध गरेपछि मात्र नट्समा गई कारोबार गर्न सकिन्छ । यसले कारोबारको राफसाफ तथा फछ्र्यौैटलाई सहज बनाउछ ।
७) अनलाईन कारोबार सुविधा लिएका लगानीकर्ताले प्रतिष्ठिमा कारोबार गर्न सक्छन् की सक्दैनन् ?
अनलाईन युजर ब्रोकर मार्फत वा आफैले खरिद बिक्री ओदश प्रविष्ट गरी कारोबार गर्न सक्छन् । लगानीकर्ताले कुनै पनि ब्रोकरमा खाता खोल्दा इााष्लिभ वा यलष्लिभ भनी जानकारी गराउनु पर्दछ ।
८) अनलाईन भुक्तानी फण्ड ट्रान्सफर कसरी गर्ने ?
ग्लोबल आईएमई, एनआईएमबि, प्रभु र सिदार्थ गरी ४ वटाclearing Bank नेप्से TMS सँग आबद्ध छन् । टे्रड म्यानेजमेन्गट सिस्लटमकाे माध्यमबाट सम्बन्धित बैंकले e-banking portal मा गई लगानिकर्ताले ब्रोकरको Account मा Fund/Collateral Transfer गरि कारोबार गर्न सक्छन् । नेपाल clearing house लि. सँग आबद्ध बैंक तथा बित्तीय संस्थाबाट पनि यो सुविधा लिन सकिन्छ ।
९) कारोबार सीमा भनेको के हो ?
ब्रोकरले हरेक लगानीकर्तालाई आवश्यकता अनुसार कारोबार सीमा (Trading Limit) दिई कारोबार जोखीम न्यूनीकरण गरेका हुन्छन् । ब्रोकरले आफ्नो तर्फबाट कुन खाताबाट धितो
प्रयोग गरेको छ भन्ने जानकारी समेत पाउन सक्छन् ।
१०) कारोबारका लागि किन धितो जम्मा गर्ने ?
कारोबार गर्नका लागि ग्राहकले आफ्नो ब्रोकरसँग धितो जम्मा गर्नु पर्छ । धितो जम्मा गरेको आधारमा ब्रोकरले लगानीकर्तालाई सीमा प्रदान गर्छन् ।
Market watch/Market depth बाट के गर्न सकिन्छ ?
Market watchर Market depth Buy/sell window मा गई कारोबार प्रविष्टि गर्न सकिन्छ । Market Depth wimdow गई त्यहाँ रहेका Buy/Sell Bottom मा Click गरी आदेशको प्रविष्टि गर्न सकिन्छ । यसले गर्दा आदेशका प्रविधिका लागि Buy/Sell Stock Menu मा गई राख्नु पर्दैन ।
लेखकः
पुरानो शेयरधनी, लगानीकर्ता
शत्रुघन श्रेष्ठ

