विश्वराज अर्याल ,भरतपुर ११, मङ्सिर १० गते
,भरतपुर महानगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। उक्त कार्यक्रम दुई चरणमा गरिएको थियो पहिलो औपचारिक कार्यक्रम भरतपुर प्याप्सनका उपाध्यक्ष इन्द्रेश शाहको अध्यक्षतामा सञ्चालन भएको थियो सो कार्यक्रम का प्रमुख अतिथि प्याब्सन चितवन जिल्ला कार्यसमितिका अध्यक्ष किर्तिनिधि अर्याल रहनुभएको थियो। सो कार्यक्रमको स्वागत भाषण भरतपुर प्याब्सन सहसचिव श्रीनिवास पौडेलले गर्नुभएको थियो। सो पहिलो कार्यक्रमको सञ्चालन भरतपुर महानगरपालिकाका प्याब्सन सचिव एवं होली भिजन स्कुलका प्रिन्सिपल मिनराज बस्तकोटीले सहजीकरण गर्नुभएको थियो।
त्यस हाजिरी जवाफ प्रतियोगितामा २४ वटा विद्यालयको सहभागिता थियो पहिलो छनोट प्रक्रिया २५ मिनेटमा ३० वटा प्रश्नहरु लिखित रुपमा सहभागी भएपछि त्यसमध्येबाट छ वटा विद्यालयलाई सहभागी गराउने कार्ययोजना अनुसार छनोट भएका विद्यालयहरू मनशिक्षा मन्दिर ,ओम शान्ति एकेडेमी ,नारायणी पब्लिक स्कुल जनप्रिय पब्लिक स्कुल ,मदरल्यान्ड आवासीय मावि र नारायणी विद्या मन्दिर रहेका थिए |छनोट प्रक्रियाद्वारा छानिएका छवटा विद्यालयमध्ये हाजिरी जवाफ प्रतियोगितामा प्रतिस्पर्धा गर्दा नारायणी विद्यामन्दिर प्रथम जनप्रिय पब्लिक स्कुल द्वितीय र नारायणी पब्लिक स्कुल तृतीय भएका छन् सो हाजिरी जवाफ प्रतियोगिताका संयोजक श्रीनिवास पौडेलले प्रश्न सोध्ने तथा सहजीकरण गर्नुभएको थियो। दोस्रो चरणको कार्यक्रममा प्याप्सन चितवनका उपाध्यक्ष भानुभक्त अर्याल ,भरतपुर महानगरपालिका प्याप्सनका पदाधिकारीहरू तथा प्याप्सन जिल्ला कार्यसमितिका सदस्यहरूको पनि उपस्थिति थियो। निकै आकर्षण तथा व्यावहारिक प्रश्नहरूको प्रस्तुति भएको पाइयो। हाजिरी जवाफ प्रतियोगितामा सहभागी सबैलाई हाजिरी जवाफ प्रतियोगिताका संयोजक श्रीनिवास पौडेलले धन्यवाद तथा हौसला प्रदान गर्नुभयो।

