बजार भाउ नै विगार्ने गरी जर्ती नकाट्ने भन्दै सस्तोमा सुनका गहना बेच्ने अभियानलाई रिद्धिसिद्धि नामका सञ्चालक नरेन्द्र गुप्ताले नेतृत्व गरेका छन् । हिजोका दिनमा उनैले १५ देखि २५ प्रतिशत सम्म जर्ती लिई सामान बेच्ने गरेका थिए । त्यतिमात्र होइन उनले ज्याला पनि छुट्टै लिन्थे । आज उनले ज्यालामा कहिले ७ त कहिले ५.९९प्रतिशत मात्र लिने र जर्ती नलाग्ने भनि व्यापक विज्ञापन गरी उपभोक्तालाई ठूलो संख्यामा/परिणाममा सामान बेचिरहेका छन् ।
उनको यो अभियान आफैले झुटो साबित गरेका छन्।उनले जर्ती लिन्न ज्याला मात्र लिन्छु भनेका थिए तर यो बिलबाट प्रष्ट छ .६८० ग्रामकाे तिलहरी (जसको शुद्धता ९९+/-.१%) बेच्नु पर्दा १२.५०% जर्ती (०.८५ ग्राम)तथा ज्याला ५०० लिएर दिएता पनि याे बिलकाे रेट अनुसार १०२९२ हुन्छ तर यहाँ १३०००। लिएको छ। ग्राहकलाई भ्रम पारेर उनले बेचिरहेका छन्।राज्य भने मौन छ।
कतै यो कार्यमा उच्च तहका नेता माफिया तथा तस्करहरु पनि हुन सक्ने प्रशस्त शंका छ ।
सुनचाँदीका गरगहना बनाउदा क्षय हुने चिज नै जर्ती हो । जर्ती धेरै बुट्टा अथवा डिजाइनमा गहना बनाइन्छ त्यति नै बढी जर्ती लाग्ने गर्छ । अर्थात सुनको कच्चा पदार्थ क्षय हुन्छ बीना जर्ती कुनै कुनै पनि व्यवसायीले सुनचाँदीको गहना विक्री गर्न सक्दैन । ज्याला भनेको सनुचाँदीको गहना बनाउदा लाग्ने श्रम हो । जति धेरै डिजाइनमा गहना बनाईन्छ त्यति नै बढी श्रम लाग्छ । श्रम अनुसार, डिजाइन अनुसार कालीगढले आफ्नो श्रमको मूल्य लिने गर्छन् । जर्ती नलिई कसैले आफ्नो सामान बेच्छु भन्नु त्यो महामुर्ख कुरा हो । यो सम्भव छैन ।

