काठमाडौँ —मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल को राष्ट्रिय एकता महाधिवेशनमा झण्डै एक दर्जन बढी प्रतिवेदन पेस भएका छन् ।
एकता महाधिवेशनका संयोजक वैद्यले शुक्रबार राजनीति प्रतिवेदन पेस गर्दै ‘नयाँ जनवादी क्रान्ति’ को खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादी बाटो अघि सारेका छन् ।

