अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा पनि आज सुन प्रतितोला दुई हजार एक सय बढेको छ ।
सोमबार प्रतितोला एक लाख ५० हजार एक सयमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेर एक हजार नौ सय २५ रुपैयाँ कायम भएको छ ।

