सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार सुन एक लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी दुई हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

