बसन्ता ढकाल (खरेल)

के उपहार दिऊँ आमा तिमीलाई,
शब्द नै कम लाग्छन् माया सुनाउनलाई।
जीवनको पहिलो सास तिमीले दिनुभयो,
काखमा अटाएर संसार चिनाइदिनुभयो।१।
निन्द्रा हराए तिमी बिझ्नुभएन,
रातभरी जाग्दा एक पल पनि थाक्नुभएन।
कसरी फर्काऊँ ऋण ती असीम माया?
तिमी बिना अधुरो लाग्छ यो सारा काया।२।
तिमी हाँस्दा लाग्छ, फूल मुस्कुराए,
तिमी रूँदा, बादल पनि झरी झार्न आए।
तिमी छौ भने घर मात्र होइन, मन्दिर लाग्छ,
तिमी बिना संसार सुन्न र बेरङ्ग लाग्छ।३।
यस औंसीमा उज्यालो बनाउँछु तिमीलाई,
मनको आँगनमा दीप जलाउँछु तिमीलाई।
गुनगुनाउँछु ती सम्झनाहरू सारा,
जसमा आमा, तिमी नै हौ प्यारो सहारा।४।

