काठमाडौं । नेपाल सरकारले सुनचाँदी कारोबारमा लाग्ने विलासिता शुल्कलाई एक तहमा मात्र सीमित गर्ने निर्णय गरेको छ। उक्त निर्णय आज राजपत्रमा प्रकाशित भएको छ।
निर्णयअनुसार अब सुनका गरगहना खरिद गर्दा उपभोक्ताले मात्र २ प्रतिशत विलासिता शुल्क तिर्नुपर्नेछ। यसअघि कारोबारको विभिन्न चरणमा शुल्क लाग्दा उपभोक्ता र व्यवसायी दुवैलाई दोहोरो भार पर्ने गरेको थियो।
नयाँ व्यवस्थाअनुसार व्यवसायीहरूले उपभोक्ताबाट उठाएको शुल्क प्रत्येक महिना सकेपछि अर्को महिनाको २५ गतेभित्र सरकारी कोषमा दाखिला गर्नुपर्ने छ। यसले कारोवार प्रक्रियालाई सरल बनाउने तथा पारदर्शिता बढाउने सरकारको दाबी छ।
सुनचाँदी व्यवसायीहरूले लामो समयदेखि दोहोरो शुल्क प्रणाली खारेज गर्न माग गर्दै आएका थिए। नयाँ निर्णयले व्यवसायीलाई सहज बनाउनुका साथै उपभोक्तालाई पनि प्रत्यक्ष रूपमा शुल्क संरचना बुझ्न सजिलो हुने अपेक्षा गरिएको छ।
src=”https://toptenkhabar.com/wp-content/uploads/2025/08/Rajpatra-300×224.png” alt=”” width=”300″ height=”224″ class=”alignnone size-medium wp-image-49078″ />


