काठमाडौं । शक्ति समूहकी संस्थापक सदस्य तथा सुनिता फाउन्डेसनकी संस्थापक सुनिता दनुवारको हृदयघातको कारण निधन भएको छ। सोमबार बिहान अचेत अवस्थामा निवासमा भेटिएकी उनलाई गोकर्णेश्वरस्थित नेपाल मेडिकल कलेज पुर्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ मा बस्ने ४७ वर्षीया सुनिया केही दिनअघि मात्रै थाइल्याण्डबाट फर्केकी थिइन्।
‘श्रीमानले उहाँ अचेत अवस्थामा रहेको चाल पाएपछि बिहान ६ बजेतिरै अस्पताल ल्याउनुभएको रहेछ। अस्पतालले मृत्यु भइसकेको भन्यो,’ संस्थाकी सदस्य उर्मिला श्रेष्ठले भनिन् ।
‘आँसुको शक्ति’ पुस्तक समेत लेखेकी दनुवारको श्रीमान, एक एक छोरा/छोरी छन्।

