काठमाडौं, जेठ १९ गते ।यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका हुन् । यातायात व्यवसायीको यातायात बन्दका कारण जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।सार्वजनिक यातायातका साधानहरु नचल्दा यात्रु तथा विरामीहरुका लागि निकै मर्कामा परेकाछन ।यसैबीच यातायात व्यवसायीले राखेको माग पुरा गर्न बसेको सरकार र यातायात व्यवसायीका प्रतिनीधीबीचको वार्ता सकारात्मक दिशातर्फ देखिएको छ ।गृह मन्त्री रमेश लेखकसहित यातायात व्यवसायीबिच सोमबार बिहानदेखि भएको छलफल सम्पन्न भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार गृह मन्त्रालयमा गृहमन्त्रीसहित, भौतिक पूर्वाधार मन्त्रालयका सहसचिवको संयोजकत्वमा बैठक बसेको हो ।
प्रवक्ता तिवारीले भन्नुभयो, “भौतिक पूर्वाधार मन्त्रालयको सहसचिवज्यूको संयोजकत्वमा सरकारका तीन, चार वटा मन्त्रालयका प्रतिनिधि, यातायात व्यवसायका प्रतिनिधि बसेर यस संवादलाई अझ अगाडि बढाउने छलफल भएको छ ।”
उहाँले बैठकमा यातायात व्यवसायलाई थप व्यवस्थित एवम् मर्यादित बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “कसरी सार्वजनिक यातायातलाई थप व्यवस्थित, मर्यादित बनाउन सकिन्छ भन्ने छलफल गर्दै जाने र कार्यान्वयन गर्न सकिने विषय कार्यान्वयन गर्न भन्ने छ । अब, उहाँहरुको बैठक बसेर आन्द्योलन फिर्ता लिनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ ।”

