भक्तपुर । यामाहा ब्लु फेस्ट अन्तर्गत भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनीको खुलाचौरमा यामाहा एक्चेन्ज अफर हिजो आईतवार देखि चलिरहेको छ । अफर आइतबारदेखि २३ गते शुक्रबारसम्म चल्नेछ । अफर प्रत्येक दिन विहान १० बजेदेखि साँंझ ५ बजेसम्म चल्ने जनाइएको छ ।
एक्चेन्जमा जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरहरु ल्याई सटाभर्ना गर्न सकिने छ । पुराना मोटरसाइकल तथा स्कुटी छोडेर नयांँ यामाहा ब्राण्डका विभिन्न मोडेलका नयाँं मोटरसाइकल, स्कुटीहरु चढेर लान सकिने भएको हो ।
एक्चेन्ज अफरमा विशेष अफरहरु पनि राखिएका छन् ।
जुनसुकै ब्राण्डका मोटरसाइकल तथा स्कुटीको न्युनतम मूल्य २५ हजार र यामाहाको भए न्युनतम ५० हजार (कर चुक्ता भएको) मूल्यमा साट्न सकिने व्यवस्था रहेको जनाइएको छ । यस्तो भारी छुटको व्यवस्था अहिलेसम्म नभएको कम्पनीले जनाएको छ ।
यामाहाका लागि भक्तपुरको आधिकारिक विक्रेता द ब्ह्ल्स् िप्रालिका व्यवस्थापक इन्जिनियर सुरेश कवांका अनुसार स्थानीयस्तरमा भक्तपुरमा हुन लागेको यो पहिलो एक्चेज अफर हो, जहाँंबाट सहज तरिकाले फाइनान्स सुविधामा पनि मोटरसाइकल तथा स्कुटीहरु साट्न सकिन्छ । यस्तो भारी छुटको व्यवस्था अरुबेला हुँंदैन, व्यवस्थापक कवांले भने, यो मौका हो, सवैलाई चौका हान्न आह्वान गर्दछु ।
एक्सचेन्ज अफरमा ७.९९ प्रतिशतका फाइनान्सबाट पनि मोटरसाइकल तथा स्कुटीहरु साटाभर्ना गर्न सकिने जनाइएको छ । यसका लागि पहिला जस्तो ग्यारेन्टी नचाहिने सुविधा गरेको जनाइएको छ ।
राष्टियस्तरको एक्चेन्ज भए पनि यहाँं नयाँं यामाहा ब्राण्डका विभिन्न मोडेलका मोटरसाइकल तथा स्कुटीहरु पनि खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । नयाँं खरिदमा न्युनतम ६ हजारदेखि छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ । साथै नयाँं खरिदमा मोटरसाइकलमा चाहिने हेल्मेट, ब्याग, लेग गार्ड, बाइक कभरलगायतका गिफ्ट पनि पाइने जनाइएको छ ।
यामाहाले भक्तपुरमा शोरुम राखेर एक दसक अघिदेखि सेवा दिंदै आएका छ । अहिले भक्तपुरमा सल्लाघारी र कौशलटार गरी यामाहाका दुई वटा आउटलुक (शाखा)हरु भक्तपुरमा रहेका छन् । यीमध्ये पछिल्लो कौशलटारको शो रुम अन्तराष्टियस्तरको रहेको जनाइएको छ, जसलाई ब्लु स्क्वायर शो रुम भनिन्छ ।

