दाहाल यज्ञनिधिका ७२ औँ जन्मजयन्तीका अवसरमा एक विशेष समारोहका बिच युवा साहित्यकार डा. रमेश शुभेच्छुलाई नागार्जुन बाङ्मय जदौ पुरस्कार २०७२ समर्पण गरेको खबर छ । पुरस्कारको राशी नगद १५०१५ रहेको प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले बताउनुभयो ।
नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षता र साहित्यकार, प्राज्ञ डा. तुलसी भट्टराईका प्रमुख प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा सो पुरस्कार नागार्जुन वांगमय प्रतिष्ठानले यसै वर्षदेखि दिन थालेकोकुरा प्रतिष्ठानका सचिव युवराज नास्तिकले बताउनुभयो । साहित्यकार डा. रमेश शुभेच्छुले दाहालका कृतिको खोज गरी उहाँको जीवनी व्यक्तित्व र कृतित्वलाई बाहिर ल्याउ खेलेको भूमिका उल्लेख्य रहकाले उहाँलाई पुरस्कृत प्रतिभाका रुपमा छनोट गरिएको छनोट समितिका संयोजक मातृका पोखरेलले बताउनुभयो । नगद पुरस्कारसहित प्रमाणपत्र प्रमुख अतिथि डा. भट्टराईले अर्पण गर्नुभयो । भट्टराईले प्रमुख अतिथिका रुपमा समारोहलाई सम्बोधन गर्दै शुभेच्छुले दाहाल र अरु स्रष्टाका लागि पनि मोतीरामको भूमिका निर्वाह गरेकामा दाहालप्रति गरेको कामको कदर भएको बताउनुभयो । उहाँले शुभेच्छुको सक्रियताको पनि चर्चा गर्दै प्रतिष्ठानले सही पात्र छनोट गरी पुरस्कृत गरेको बताउनुभयो । उहाँले थप्नुभयो, कुनै पनि पुरस्कार दिँदा पहिलो प्रतिभा योग्य भएपछि पुरस्कारको गरिमा पनि उत्तरोत्तर बढ्दै जाने परम्परा छ ।
कार्यक्रममा साहित्यकार प्रा. प्रयागराज वाशिष्टले दाहालका कविताबारे र डा. विनोद मञ्जनले दाहालका निबन्धका बारेमा समीक्षा प्रस्तुत गर्नुभयो । भट्टराईले दाहाल परिवर्तन पक्षधर कवि भएको बताउनुभयो । अर्का वक्ता डा. मञ्जनले दाहालका केही निबन्ध निबन्ध कलाका दृष्टिले कमजोर भए पनि विचारका दृष्टिले अग्रगामी भएको निष्कर्ष प्रस्तुत गर्नुभयो । डा. हरिप्रसाद सिलवालले पुरस्कृत प्रतिभा डा. रमेश शुभेच्छुको परिचय दिने क्रममा उहाँ सिर्जना समीक्षा, संगठन, पाठ्यपुस्तक लेखन र साहित्यिक पत्रकारिताका बहुआयामबाट सक्रिय प्रतिभा हुनुहुन्छ र उहाँलाई यो पुरस्कार नदिएको भए अन्याय हुने थियो भन्ने मत राख्नुभयो ।
कार्यक्रममा प्राज्ञ अगिव वनेपाली, पत्रकार यशोदा अधिकारी, पुरस्कार अक्षयकोश संस्थापक सुधा दाहाल, साहित्यकार महेश प्रसाईं, साहित्यिक पत्रकार रामप्रसाद पन्तलगायतले दाहालका जीवनी व्यक्तित्व र कृतित्वको परिचय दिनुभयो । समारोहमा सम्मानित प्रतिभा डा. रमेश शुभेच्छुले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो।
समारोहमा देवु लुइटेलले दाहालका छ वटा कविता प्रस्तुत गर्नुभएको थियो भने कवि रत्ननिधि रेग्मी शुक्राचार्य, असीम सागर, कृष्णप्रसाद जस्ताघरे, युवराज कुनाघरे, रामदेव पाण्डे, गौरी दाहाल, गङ्गा खतिवडालगायत कविले दाहाल विषयक कविता वाचन गर्नुभएको थियो । नागार्जुन प्रतिष्ठानको हरेक शृङ्खलामा समीक्षकलाई सम्मान गर्ने नियमअनुसार समीक्षकद्वय प्रा. प्रयागराज वाशिष्ट र डा. विनोद मञ्जनलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा कवि पूर्ण विरामका दुई कविता वाचन भएका थिए । तीमध्ये एएटा कविताको प्रभावकारी वाचनका लागि रु १००० नगद सहित यम बाँस्तोला पुरस्कृत हुनुभयो भने । श्रष्टा विशेष कविता वाचनमा दाहालका कविता वाचन गरेर देवकुमारी लुइटेल पनि प्रसंशा पत्रद्धारा सम्मान गरिएको थियो ।
यज्ञनिधि दाहालको जन्म २०१० साल श्रावण ८ गते खोटाङको खाल्लेमा भएको थियो ।
Previous Articleसाहित्यकार तथा पत्रकार विजय चालिसेको निधनमा २१ साहित्यिक संस्थाहरुद्वारा संयुक्त रुपमा श्रद्धाञ्जली सभाको आयोजना
Next Article कथाः पुनरागमन

