काठमाडौं । नेपाली बजारमा सुनको भाउ उच्चदरले बढ्दो क्रममा छ । आज शुक्रबारका दिन छापावाल सुन तोलाको २ लाख ५८ हजार पुगेको छ । आज एकै दिन सुन तोलामा ७ हजार १ सय रुपैयाँ बढेको हो । हिजो बिहीबार २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा चाँदी तोलामा ७५ रुपैयाँ बढेको हो ।
Previous Articleइमारात मैदानमा सामोआ र नेपालको खेल, को बन्ला च्याम्पियन ?
Next Article शंखधर सहकारीद्वारा युवा प्रशिक्षण सम्पन्न

