भरतपुर । सुनचाँदी व्यवसायी महिला समूह चितवनको १३औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ। समूहकी अध्यक्ष कल्पना गोतामेको अध्यक्षतामा तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। प्रथम उपाध्यक्ष सीता सदाशंकर संयोजक रहेकी उक्त सभा सफलतापूर्वक सम्पन्न गरिएको समूहले जानकारी दिएको छ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव टुलक विश्वकर्मा, महासंघका प्रवक्ता जीवनज्योति विश्वकर्मा, महासंघ सदस्य ऋतु विश्वकर्मा, बागमती प्रदेश सदस्य दिनेश खाती, जिल्ला सल्लाहकार तथा मिलनरोड टोल विकास संस्थाका अध्यक्ष चित्रबहादुर विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्मा, महासचिव गोपालबहादुर विक थापा, उपाध्यक्ष शोभा विश्वकर्मा, मोहन पन्थी, महिला समूहकी निवर्तमान अध्यक्ष शान्ता थापा विश्वकर्मा, सुनचाँदी साकोसका अध्यक्ष रुबिन रामुदामु लगायतको उपस्थिति रहेको थियो।
महिला समूहकी महासचिव मञ्जु विश्वकर्माले कार्यक्रम सञ्चालन गरेकी थिइन्। त्यस्तै, महिला समूहको वरिष्ठ उपाध्यक्ष सरिता भट्टराई घताने र नेपाल सुनचाँदी व्यवसायी महासंघका स्वकीय प्रेस सल्लाहकार अमिर रामदामुले सहजीकरण गरेका थिए।
कार्यक्रमका क्रममा कोषाध्यक्ष जुना सुनारले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन विस्तृत छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको समूहले जनाएको छ।
साधारण सभाले आगामी दिनमा महिला व्यवसायीको क्षमता विकास, संगठन सुदृढीकरण तथा व्यवसायिक सुरक्षाका विषयमा प्रभावकारी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

