काठमाडौँ — देशमा पश्चिमी वायुको आंशिक प्रभाव देखापरेसँगै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आज आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा भने मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेशतर्फ बादल कैयौँ ठाउँमा देखिए पनि देशका अधिकांश भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
राति पनि देशभर मौसम मुख्यतः सफा रहने पूर्वानुमान गरिएको छ।

