काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन रेड्मी नोट १५ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, शक्तिशाली कार्यसम्पादन, उन्नत एआई फिचर र अत्याधुनिक सुरक्षा प्रविधिसहितको यो स्मार्टफोन देशभर उपलब्ध भएको कम्पनीले जनाएको छ।
फोनमा ६,००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री छ, जसले लामो समयसम्म प्रयोगको सुविधा दिन्छ। यसमा ३३ वाट टर्बो चार्जिङ र १८ वाट रिभर्स चार्जिङ सपोर्ट छ भने स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको स्वास्थ्य र कार्यक्षमता रियल–टाइममा व्यवस्थापन गर्छ। कम्पनीका अनुसार २ हजार पटकसम्म चार्ज गर्दा पनि ब्याट्री क्षमता ८० प्रतिशतभन्दा बढी कायम रहने भएकाले ६ वर्षभन्दा बढी भरपर्दो प्रयोग सम्भव हुन्छ। एकपटक फुल चार्ज गर्दा फोन दुई दिनसम्म चल्न सक्छ, २४ घण्टा भिडियो प्लेब्याक वा ५० घण्टासम्म कल सपोर्ट गर्न सक्छ।
ग्लेसियर ब्लु, परपल, फरेस्ट ग्रिन र ब्ल्याक रंगमा उपलब्ध यो फोन आईपी६४ डस्ट तथा वाटर रेसिस्टेन्ससहित आउँछ। वेट टच टेक्नोलोजी २.० का कारण पानी, पसिना वा तेल लागेको अवस्थामा पनि डिस्प्लेले सटीक प्रतिक्रिया दिन्छ। अल्ट्रा–ड्युरेबल ग्लास र बलियो आन्तरिक संरचनाले १.८ मिटर उचाइबाट खस्दा पनि फोन सुरक्षित रहने कम्पनीको दाबी छ।
फोटोग्राफीका लागि १०८ मेगापिक्सेल मुख्य क्यामेरा, ३X अप्टिकल टेलिफोटो क्यामेरा, २ मेगापिक्सेल डेप्थ क्यामेरा र २० मेगापिक्सेल फ्रन्ट क्यामेरा उपलब्ध छ। वाइड सटदेखि पोर्ट्रेटसम्म उत्कृष्ट फोटो खिच्न सकिने बताइएको छ। डुअल स्पिकर, ३०० प्रतिशत भोल्युम बुस्ट, डल्बी एटमस र हाई–रेस अडियो सपोर्टले मनोरञ्जन अनुभव पनि समृद्ध बनाउँछ।
यो स्मार्टफोनमा अधिकतम ८ जीबी र्याम र ५१२ जीबी स्टोरेज उपलब्ध छ, जसलाई हाइब्रिड सिम स्लटमार्फत थप विस्तार गर्न सकिन्छ। सायओएमआई हाइपरओएसमा चल्ने फोन ६एनएम मिडियाटेक हेलिओ जी१००–अल्ट्रा चिपसेटबाट सञ्चालित छ, जसले छरितो र स्मूथ कार्यसम्पादन सुनिश्चित गर्छ।
एआई इरेज, एआई रिमुभ रिफ्लेक्सन, एआई ब्युटिफाई, एआई स्काइ र एआई बोकेह जस्ता स्मार्ट फिचरका साथै गुगल जेमिनी र गुगल सर्कल टु सर्चले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउँछ। फोनले एनएफसी, ब्लुटुथ ५.३, डुअल वाइ–फाइ तथा विभिन्न नेटवर्क सपोर्ट पनि प्रदान गर्छ।
दृश्य अनुभवका लागि ६.७७ इन्चको एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट, १२–बिट कलर डेप्थ र ३,२०० निट्ससम्मको पिक ब्राइटनेस उपलब्ध छ। टीयूभी राइनल्याण्ड प्रमाणित लो ब्लु लाइट र फ्लिकर–फ्री टेक्नोलोजीले आँखाको थकान कम गर्छ।
सुरक्षाका लागि इन–डिस्प्ले फिङ्गरप्रिन्ट र एआई फेस अनलक सुविधा दिइएको छ।
टाइटन ड्युरेबिलिटी अवधारणामा आधारित रेड्मी नोट १५ नेपालभर टेलिडाइरेक्ट प्रालि र वात्साल इम्पेक्स प्रालिका आधिकारिक डिलरमार्फत उपलब्ध छ।
यसको ६ जीबी + १२८ जीबी भेरियन्टको मूल्य २९ हजार ९९९ रुपैयाँ र ८ जीबी + २५६ जीबी भेरियन्टको मूल्य ३५ हजार ९९९ रुपैयाँ तोकिएको छ।

